नन्दा देवी हिमालमा आठ पर्वतारोही बेपत्ता, जिउँदै भेटिने आशा कम

काठमाडौं । भारतमा रहेको नन्दादेवी हिमालबाट आठ जना पर्वतारोही बेपत्ता भएका छन् । भारतको उत्तराखण्डमा रहेको नन्दा देवी हिमाल आरोहणका क्रममा आठजना पर्वतारोही हराएका हुन् । हिमपहिरो आएपछि उनी बेपत्ता भएका थिए । खोजीका क्रममा एउटा ब्याकप्याक हिउँमा भेटिएको बताइएको छ । हेलिकप्टर खोजी टोलीले ब्याकप्याक देखेको हो । 

अधिकारीहरूले पर्वतारोहीहरूलाई भेटिने आशा एकदमै क्षीण भएको बताएका छन् । आरम्भिक खोजीमा ती पर्वतारोहीहरू भेटिएनन् । आइतवार भारतीय वायुसेवाका दुईवटा हेलिकप्टरहरूले नन्दादेवी हिमालवरिपरि खोजी गरेका थिए । पर्वतारोहीहरूको समूहले त्यति प्रयोग नहुने बाटोबाट आरोहण प्रयास गरेका थिए । 

आठ पर्वतारोहीमा चारजना बेलायतका, दुईजना अमेरिकाका, एकजना अस्ट्रेलियाका र एकजना भारतका थिए । उत्तराखण्डको पिथोरागढका शीर्ष निजामती कर्मचारी विजय कुमार जोगदण्डेले बेपत्ता भइरहेको टोली ठूलो हिमपातमा परेको हुन सक्ने बताए । 

उनले थपे, ‘उनीहरू बाँच्ने सम्भावना लगभग शून्य छ ।’ सोमवार एउटा हेलिकप्टरले उक्त क्षेत्रमा खोजी गर्दा लगभग पाँच हजार मिटरको उचाइमा ब्याकप्याक फेला पारेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...