जेडीयुको धम्कीः हामी पछि पनि मोदी सरकारमा जाँदैनौं

काठमाडौं । नीतीश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयू)ले भारतीय जनता पार्टी (भाजपा)को सरकार समावेश नहुने बताएको छ । पार्टीका प्रवक्ता केसी त्यागीले आइतवार जेडीयू केन्द्रीय मन्त्रिमण्डलमा समावेश नहुने बताएका हुन् ।

उनले भने,भविष्यमा पनि जेडीयू मोदी सरकारमा समावेश नहुने र मोदी सरकारलाई बाहिरबाट समर्थन दिने बताए ।  जेडीयूले मोदी सरकारमा संलग्न नहुने निर्णय लिँदा बिहारमा सत्ताका नयाँ सम्भावनाको बहस शुरू भएको छ । जेडीयूले बिहारलाई विशेष राज्यको दर्जा दिइनुपर्ने माग पनि गरेको छ । यसलाई मानिसहरूले दबाबको राजनीतिका रूपमा पनि हेरिरहेका छन् । 

जेडीयू प्रवक्ता केसी त्यागीले भने, ‘उनीहरू हामीलाई एउटा मन्त्री पद दिन चाहन्थे । हामीलाई त्यो मञ्जूर थिएन । अनि युनिफर्म सिभिल कोड र धारा ३५ए का विषयमा हाम्रो दृष्टिकोण स्पष्ट छ । समाजमा पहिलेदेखि नै अनेकौं मतभेद छन् र हामी यसलाई थप चर्काउन चाहँदैनौं । बिहारमा अब विधानसभा चुनावअगाडि भाजपासँग कुनै सम्झौता हुँदैन र हाम्रो पार्टी मोदी सरकारमा संलग्न पनि हुँदैन ।’

यसअघि पनि केसी त्यागीले विधानसभा चुनावअघि सांकेतिक मन्त्रिमण्डलमा संलग्न हुनु बिहारका मानिसमाथि न्याय हुने छैन । उनले थपे, ‘जेडीयू रिसाएको वा असन्तुष्ट भएको छैन । हामीले आफ्नो कुरा भाजपालाई बताएका छौं ।’

दुई सीट ल्याउने पार्टी र १६ सीट जित्ने पार्टीका बीच अलिकति अन्तर त गनुपर्थ्यो भन्ने जेडीयूको मत छ । जेडीयू मोदी मन्त्रिमण्डलमा नजाँदा विपक्षीहरूले प्रश्न उठाउन थालेका छन् । अब भाजपाले जेडीयूलाई कस्तो संकेत दिएर फकाउने हो भनी हेर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस