युट्युब भिडियोमा जथाभावी कमेन्ट गर्ने श्रीमतीलाई पाता कसेर मुखमा लात्ता

काठमाडौं । युट्युब भिडियोमा नकरात्मक टिप्पणी गर्ने श्रीमतीलाई पाता कसेर मुखमा लात्ताले हानेको घटना बाहिर आएको छ । ती पत्नीले महिनौँदेखि आफ्नो युट्युबमा जथाभावी कमेन्ट गदै आएको थाहा पाएपछि थिइन् ।

ती जापानी पुरुषले आफ्नी पत्नीलाई पाता कसेर उनको टाउकोमा लात्ताले हिर्काएका हुन् । जापानको ओइटा शहरमा बस्ने पुरुषले आफ्नी पत्नीले नै चिन्डे, मूर्ख जस्ता टिप्पणी गर्ने गरेको र आफ्ना साथीहरूलाई पनि नकारात्मक टिप्पणी गर्न प्रेरित गर्ने गरेको थाहा पाए । 

त्यसपछि उनले पत्नीको हात र गोडा टेपले बाँधे अनि उनको अनुहारमा लात्ताले हानेर घाइते बनाएका थिए । पत्नीलाई निको हुन झण्डै एक मिहना लागेको जनाएको छ ।

पतिलाई युट्युबे बनेर पैसा कमाउन मन लागेको थियो र उनी ओइटाका रेस्टुराँ र पर्यकटकीय क्षेत्रको भिडियो खिचेर भ्यु बढाउन खोन्दैथिए । 

अदालतमा मुद्दा चल्दा उनले पत्नीमाथि आक्रमण गरेको स्वीकारे । मुद्दाको फैसला जेठ २३ गते हुने सम्भावना छ । पतिलाई तीन वर्षसम्मको कारावास सजाय हुन सक्छ ।

प्रतिकृया दिनुहोस