मोदीको शक्तिशाली मन्त्रीमण्डलमा को–को परे ?

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि आज साँझ सपथग्रहण गर्दैछन् । बिम्स्टेक सदस्य राष्ट्र, मौरिसस र किर्गिजस्तानका सरकार वा राष्ट्र प्रमुखलाई सपथग्रहण समारोहमा उपस्थित हुन आमन्त्रण गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले पार्टी अध्यक्ष अमित शाह मोदी नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको बताएका छन् । शाह गृह वा अर्थ मन्त्रालयका जिम्मेवारी पाउने समाचारहरु आएका छन् । पहिलो कार्यकाल अर्थ मन्त्री रहेका अरुण जेटलीले हिजो पत्र लेख्दै स्वास्थ्यका कारण नयाँ सरकारमा सहभागी नगराउन प्रधानमन्त्री मोदीलाई आग्रह गरेका छन् ।

अर्थ, गृह, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारीलाई चासोका साथ हेरिएको छ । भारतीय सञ्चार माध्यमहरुले विभिन्न नेताहरुलाई अध्यक्ष अमित शाहले फोन गर्दै स्थानीय समयअनुसार साढे चार बजे प्रधानमन्त्री निवासमा उपस्थित हुन जानकारी गराएको जनाएको छ । सपथग्रहण साँझ सात बजे हुनेछ ।

भारतीय सञ्चार माध्यमहरुमा आएका नामहरुमा सुषमा स्वराज, निर्मला सितारमण, स्मृति इरानी, अर्जुन मेघवाल, पियुष गोयल, मुख्तार अब्बास नकवी, जितेन्द्र सिंह, रविशंकर प्रसाद, प्रकाश जाबेडकर, किरण रिजिजु, बाबुल सुप्रियो, पुरुषोत्तम रुपाला, रामदास आठवले, राज्यवद्र्धन राठौर, कृष्णपाल गुर्जर, किशन रेड्डी, नीतिन गडकरी, सदानन्न गौडा, जयन्त सिंह, गिरिराज सिंह, दीलिप घोष मन्त्री हुने सूचीमा रहेको बताइएको छ ।

त्यसैगरी थवारचन्द्र गेहलोत, प्रह्लाद पटेल, कैलाश चौधरी, सुरेश अगेडी रावसाहेव दान्बे रहेका छन् । भारतीय सञ्चार माध्यमहरुले ६ सांसद बराबर एक मन्त्री बनाउने योजनामा मोदी–शाह रहेको बताएका छन् । भाजपाले चुनावमा ३ सय ३ सीट जितेको थियो । जसअनुसार भाजपाबाट कम्तीमा ५० जना मन्त्री हुने अनुमान गरेका छन् ।

त्यसैगरी भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका अन्य सहयोगी दलहरुबाट मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नाम समेत आएको छ । रामविलास पासवान (लोकजनशक्ति पार्टी), अरविन्द सावन्त (शिवसेना), अनुप्रिया पटेल (अपना पार्टी,) हरसिमरात कौर बादल (शिरोमणि अकाली दल) मन्त्री हुने बताइएको छ ।

अमित शाह मन्त्रिपरिषदमा सहभागी भए पार्टी अध्यक्ष छाड्नुपर्ने हुन्छ । भाजपाका एक व्यक्ति एक पदको नियम रहेको छ । कुनै पनि नेता दुई कार्यकालभन्दा बढी अध्यक्ष पनि बन्न पाउँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...