यौनहिंसाविरुद्धको उजुरी फिर्ता लिन नमान्दा जिउँदै जलाएपछि हेडमास्टरसहित १६ जनाविरुद्ध मुद्दा

काठमाडौँ । यौनहिंसाविरुद्धको उजुरी फिर्ता गर्न नमान्दा जिउँदै जलाइएकी बंगलादेशी किशोरी नुसरत जहान रफी हत्याकाण्डमा प्रहरीले १६ जनाविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । ६ अप्रिलमा ढाकाबाट १ सय ६० किलोमिटर टाढा फेनी सहरस्थित एक मदरसाको छतमा १९ वर्षीया रफीलाई शरीरमा मट्टितेल खन्याएर जिउँदै जलाइएको थियो ।

प्रहरीले मुद्दा दर्ता गरेको १६ जनामध्ये मदरसाका हेडमास्टर सिराज उद डोउला पनि एक हुन् । २७ मार्चमा नुसरतले हेडमास्टरमाथि यौनहिंसाको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन् । उनका अनुसार हेडमास्टरले कार्यालयमा बोलाएका थिए र खराब नियतले शरीरका विभिन्न अंगमा पटकपटक छोएका थिए । त्यसपछि उनी भागेकी थिइन् ।

प्रतिकृया दिनुहोस