सलमान खानले भनेः मलाई विवाहको लागि प्रस्ताव कतैबाट आएको छैन्

नयाँ दिल्ली । बलिउड अभिनेता अभिनेता सलमान खानले मिडियामा पहिलोपटक विवाह नहुको कारण खुलाएका छन् । आफ्नो फिल्म ‘भारत’को प्रचारमा लागेको सलमानले आफूलाई आजसम्म पनि कुनै केटीले प्रपोज नगरेको खुलासा गरेका छन् ।

फिल्म ‘भारत’को प्रचारको क्रममा विवाह किन नगरेको भन्ने प्रश्न सोधिएको थियो । प्रश्नको जवाफ दिने क्रममा सलमानले भने, ‘मलाई आजसम्म कुनैपनि केटीले प्रपोज गरेका छैनन्, म क्याण्डल लाइट डिनर गर्दिन, यदि मैले क्याण्डल लाइट डिनर गरेँ भने मलाई प्रपोज आइपो हाल्छ की रु त्यसो त क्याण्डल लाइट डिनरमा मैले खाना नै देख्दिन ।’

विवाह नभएकोमा सलमानले आफूलाई दुःख लाग्ने पनि बताएका छन् । उनी थप्छन्, ‘मलाई एकदमै दुःख लाग्छ की आजसम्म कसैले पनि मलाई विवाहको लागि प्रस्ताव गरेका छैनन् ।’

‘भारत’मा सलमान खान कट्रिना कैफको साथमा देखिदैँछन् । पछिल्लो समय कट्रिना कैफ र सलमान खानको जोडीलाई दर्शकहरुले पनि खुब रुचाएका छन् । उनीहरुले साथमा गरेको फिल्म ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’ बलिउडमा हिट भएको थियो । सलमानले १९ वर्षपछि निर्देशक संजयलीला भन्सालीसँग काम गरेका छन् ।

प्रतिकृया दिनुहोस