बेलायतमा जलेर एक नेपाली महिलाको मृत्यु ३ घाइते

लण्डन । बेलायतमा आगलागीमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । साउथ ईस्ट लण्डनको अर्पिङटन भन्ने ठाउँमा  बस्दै आएकी ४५ वर्षीया रञ्जना गुरुङको ज्यान गएको हो । 

सोमबार राति भएको आगलागीमा परेर मृतकका श्रीमान् र दुई छोराछोरी घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचारत भइरहेको छ । श्रीमान् हिम गुरुङको अवस्था चिन्ताजनक रहेको तर १० वर्षीया छोरी एञ्जल र १७ वर्षका छोरा एलन भने खतरामुक्त रहेको अस्पतालले जनाइएको छ । 

अहिलेसम्म आगलागीबारे खुलेको छैन। बेलायती प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राति करिब ११ बजेको समयमा हेल्प हेल्प भन्दै मृतक रञ्जनाका श्रीमान् र छोराछोरी चिच्याएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

  मृतक रञ्जना स्थानीय एक अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । उनी विगत १८ वर्षदेखि श्रीमानसँगै बेलायतमा बस्दै आएकी थिइन् । आगलागी भएको उक्त घरमा गुरुङ परिवार विगत ९ वर्षदेखि बस्दै आएको छिमेकीले बताएका छन् ।

प्रतिकृया दिनुहोस