स्कुले बालबालिकामाथि अन्धाधुन्द चक्कु प्रहार, दई जनाको मृत्यु १६ घाइते

टोक्यो । जापानको शहर कावासाकीमा स्कुल बस पर्खेर बसेका बालबालिकालाई अन्घाधुन्द चक्कु प्रहार गर्दा २ जनाको मृत्यु भएको छ । मंगलबार भएको उक्त घटनामा १६ जना घाइते भएका छन् ।  प्रहरीले दुई जनाको मृत्यु भएको र मारिनेमा एक जना बालिका पनि भएको जनाएको छ । 

सो आक्रमणकारीले अन्त्यमा आफ्नै घाँटीमा चक्कू हानेको थियो । उसलाई  प्रहरीले पक्राउ गरेको थियो तर चोटका कारण उसको मृत्यु भएको जनाइएको छ । उसले किन बालबालिकालाई आक्रमण गरेको थियो भन्ने कुरा खुलेको छैन ।

जापान विश्वकै कम संख्यामा हिंस्रक  घटना हुने मुलुकका रुपमा चिनिने गरेपनि पछिल्ला समयमा भने यस्ता घटना छिटपुट रुपमा भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

 

प्रतिकृया दिनुहोस