रामेछापमा ट्रिपरमा आगजनी,नक्कली बमले यातायात अवरद्ध

रामेछाप । विप्लव नेतृत्वको नेकपाले खुर्कोटबाट मन्थली आउँदै गरेको ना ८ ख ३७७० नम्बरको ट्रिपरमा आगजनी गरेको छ । आगजनीबाट ट्रिपर पुर्ण क्षेती भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले जानकारी दिएका छन्  ।

मन्थली नगरपालिका–६ हात्तीटारमा राखिएको बम नक्कली भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले त्रास फैलाउने गरी मात्र राखिएको नक्कली बम भएको बताए ।जिल्ला प्रहरी प्रमुख भट्राईले नक्कली बमको कारण अवरुद्ध भएको यातायात सुचारु भएको बताए । 

अहिले मन्थलीदेखि खुर्कोटसम्म स्कटिङ गरेर मालबहाक तथा यातायातका साधनहरु संचालन गरिएको उनको भनाई छ । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले विप्लव समुहको बन्दका कारण घट्न सक्ने संभावित घटनाहरुलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको बताइन् । अहिले सुरक्षाका लागि तीन वटै सुरक्षा निकायलाई ठाउँठाउँमा परिचालन गरिएको जानकारी दिइन । 

प्रतिकृया दिनुहोस