आजदेखि बुद्ध एयरले काठमाडौँ कोलकत्ता उडान सुरु गर्ने

काठमाडौँ । बुद्ध एयरले सोमबारदेखि काठमाडौँ-कोलकत्ता उडान सुरु गर्दैछ । आइतबार भएको पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले सोमबारदेखि काठमाडौँ-कोलकत्ता–काठमाडौँको व्यवसायिक उडान गर्न लागिएको जानकारी गराएका थिए।

बुद्ध एयरले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ-कोलकत्ता उडान गर्न लागेको हो। अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाडौँ-कोलकत्ता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडौँबाट बुद्ध एयरको जहाज कोलकत्ताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकत्ताबाट काठमाडौँका लागि जहाज उड्ने छ।

प्रतिकृया दिनुहोस