एनसेल अफिस नजिक कुकर बम डिस्पोज, आइडिया कलेज गेटमा सेनाको टोली

काठमाडौं, जेठ ।  दुरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेल अफिस नजिकै राखिएको कुकर बम सेनाको टोलीले डिस्पोज गरेको छ । पोखराको सिर्जनाचोक स्थित अफिस नजिक आइतबार राति नै फेला परेको कुकर बम सोमबार बिहान साढे ८ बजे मात्रै सेनाले डिस्पोज गरेको हो ।


त्यस्तै, पोखराकै नयाँबजार र न्यूरोडको मध्य भागमा रहेको इनोभेटिभ डेभलपमेन्ट एजुकेसन एकेडेमी (आइडिया)को गेटमा झण्डासहित शंकास्पद वस्तु फेला परेको छ । उक्त वस्तु डिस्पोज गर्नका लागि सेनाको टोली पुगिसेकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।


सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूह नेकपाले सोमबार आह्वान गरेको बन्दका कारण पोखराको बाहिरी जनजीवन प्रभावित बनेको छ । सवारी चल्न सकेका छैनन् । जिल्लाको शान्ति सुरक्षा कायम राख्न दोब्बर मात्रामा प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस