मोदीको शपथग्रहण बिहीबार, दोस्रो कार्यकाल सम्हाल्दै

नयाँ दिल्ली, जेठ । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनता पार्टीले फेरि सरकारको नेतृत्व गर्ने भएको छ । सो पार्टीका संसदीय दलका नेता चयन भएका नरेन्द्र मोदीले नै सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।


मोदीले आगामी बिहीबार विधिवत रुपमा दोस्रो कार्यकाल सम्हाल्नेछन् । बिहीबार साँझ मोदीले प्रधानमन्त्री पदको शपथ लिने तय भएको छ । राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई राष्ट्रपति भवनमा शपथ गराउने कार्यक्रम सार्वजनिक भइसकेको छ । स्थानीय समयानुसार साँझ ७ बजे मोदी र उनको नेतृत्वको मन्त्रिपरिषद सदस्यको समथ गराइने भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।


सन् २०१४ मा पहिलो कार्यकाल सम्हालेका मोदीले त्यतिबेला आफ्नो शपथग्रहण कार्यक्रममा सार्क मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई आमन्त्रण गरेका थिए । सोही क्रममा मोदीको शपथग्रहण समारोहमा नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । यसपटक भने विदेशी अतिथिलाई आमन्त्रण गर्ने या नगर्ने भन्नेबारे प्रष्ट पारिएको छैन । 

प्रतिकृया दिनुहोस