पशुपतिनाथको मन्दिरको जग्गामा बन्यो चर्च

काठमाडौं । पशुपतिनाथ जग्गा धनी । मोही व्यक्ति । जग्गा प्रयोगचाहिँ चर्चको लागि । कुत बुझाउनुपर्ने क्रिस्चियन समुदायको चर्चले । जग्गा प्रयोग गरेबापत बर्सेनि कुत बुझाउँछ क्रिस्चियन समुदायको संस्थाले ।


काठमाडौं महानगरपालिका–७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो ।

मिसनरिजले वर्षमा एक हजार ७८८ रुपैयाँ कुत बुझाउँदै आएको छ । दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ । कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस