तीन जना फ्रान्सेली नागरिकलाई मृत्युदण्ड दिइने

काठमाडौं । इस्लामिक आतंकवादी समूहमा आबद्ध भएको आरोपमा इराकको एक अदालतले तीन जना फ्रान्सेली नागरिकलाई मृत्युदण्ड दिने सजाय सुनाएको छ ।

मृत्युदण्डको सजाय पाउने तीन जना गत फेब्रुअरीमा सिरियामा तैनाथ अमेरिकी सेनाले कब्जामा लिएर इराक पठाएको थियो । तीमध्ये ३२ वर्षीय गोनोट पूर्वी फ्रान्समा बसोबास गर्दै आएका व्यक्ति रहेको बताइएको छ ।

उनी टर्की हुँदै सिरिया पुगेर आतंकवादी समूह नुर्सा फ्रन्टमा आवद्ध भएको खुलासा भएको छ । उनी सन् २०१७ मा पक्राउ परेका थिए । उनलाई फ्रान्सको अदालतले पनि ९ बर्षको जेल सजाय तोकेको थियो ।

यसैगरी ४१ बर्षिय माचाओ इराक, सिरिया र ब्रसेल्समा हमला गर्ने व्यक्तिमध्येका एक भएको बताइएको छ । मृत्युदण्डको सजाय पाउने अर्का ३२ वर्षीय लोपेज सिरिया पुग्नुअघि इराकको मोसुलमा रही आतंकवादी गतिविधीमा संलग्न ब्यक्ति हुन् ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...