अनामनगर विस्फोटमा विप्लव समुहको पम्प्लेट भेटियो, त्रिचन्द्रका इकाइ सभापति घाइते

काठमाडौं । राजधानीको अनामनगरको घट्टेकुलोमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको छ । 

महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले घटनास्थलबाट दिएको जानकारी अनुसार विस्फोट भएका स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन् । पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन् । 

अहिले अन्य विस्फोटक सामग्री हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । मृतकको  सनाखत हुन सकेको छैन । मृतकको शव क्षतविक्षत भएकाले चिन्न सक्ने अवस्थामा नरहेको जानकारी एसपी सिंहले दिए । 

अनामनगर विस्फोटमा अर्को एकजना घाइते छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते रविन केसी ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनका नेता हुन् । उनी त्रिचन्द्र कलेजका इकाइ सभापति हुन् ।  


प्रतिकृया दिनुहोस