राजधानीको सुकेधारा र घट्टेकुलोमा विस्फोट २ जनाको मृत्यु ७ घाइते

काठमाडौं । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे । ‘सुकेधारा र अनामनगर दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएका छन्’ उनले भने ।

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पु¥याइएको छ ।घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस