भेनेजुएलाको जेलमा भिडन्त, २९ जना कैदीको मृत्यु

भेनेजुएला । भेनेजुएलाको अकारिगुवाको जेलमा शनिबार प्रहरी र कैदीबीच भिडन्त भएको छ । भिडन्तमा २९ कैदीको मृत्यु भएको छ । १९ प्रहरी घाइते भएको जनाइएको छ ।

अधिकारीहरूका अनुसार कैदी जेल तोडेर भाग्न चाहन्थे, त्यही बेला दुई गुटबीच आपसी भिडन्त शुरु भयो । भिडन्त रोक्न पुलिसले फाइरिङ शुरु गरेपछि जवाफमा कैदीहरूले हमला गरेको प्रहरी अधिकारी बताउँछन् ।

नागरिक रक्षा सचिव आस्कर वलेरोले कैदीहरूले पुलिसमाथि तीनवटा ग्रेनेट फ्याँकेको बताए । यसबारे मानव अधिकारवादीहरूले संदेह प्रकट गरेका छन्।

भेनेजुएलाका जेलको स्थितिबारे जानकारी राख्ने संस्था प्रिजन आब्जर्भेटरीका हमबर्टोले भिडन्तमा कैदीको मात्र किन मृत्यु भयो ? यदि जेलमा हतियार थिए भने ती कहाँबाट भित्र पुगे रु भन्ने प्रश्न उठाएका छन् ।

भेनेजुएलाका जेलमा क्षमताभन्दा बढी कैदी राखिएको र कैदीहरूले आफूलाई अन्य जेलमा स्थानान्तरणको माग गर्दै आएको बताइन्छ ।

प्रतिकृया दिनुहोस