वामदेव गौतम भन्छन्ः ‘मिडिया काउन्सिल विधेयक पत्रकारले चाहेजस्तो आउछ’

गुलरिया । नेकपा सचिवालय सदस्य वामदेव गौतमले मिडिया काउन्सिल विधेयक पत्रकारले चाहेजस्तो आउने बताएका छन् । नेकपा जिल्ला समिति बर्दियालाई शपथ खुवाउन बर्दिया आएका गौतमले पत्रकार भेटघाट कार्यक्रममा विधेयकमा आएका विवादित कुराहरु सच्चाइए पत्रकारले चाहेजस्तो बनाइने बताएका हुन्।

मिडिया विधेयकका सम्बन्धमा पार्टीभित्र धेरै नेताको सच्चाउनुपर्ने आवाज आएकाले विवादित बुँदाहरु सच्चिने नेता गौतमको तर्क छ। संचार मन्त्रालयबाटै पेश गरिएको विधेयक सम्बन्धित मन्त्रीले नै परिमार्जन गर्ने उद्घोष गरिसकेकाले विधेयकमा रहेका विवादित विषय वस्तु परिमार्जित भइ तपाईहरुले चाहेजस्तै विधेयक बन्छ, पत्रकारलाई इंगित गर्दै नेता गौतमले भने।

गौतमले पार्टी एकतापछि बनेका सबै संगठन गतिशिल भएर अघि बढ्ने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकारका गतिविधि नियाल्न पत्रकारलाई आग्रह पनि गरे।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका लागि सांसदले रकम माग गर्दै आएको सन्दर्भमा संचारकर्मीको जिज्ञासाको जवाफ दिँदै 

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषले सांसदलाई जनतासमक्ष पुर्‍याउन सहयोग पुग्ने उनको भनाई थियो।


प्रतिकृया दिनुहोस