लोकसभा चुनावमा आरजेडीको पराजयसँगै लालु यादव अस्पताल भर्ना

नयाँ दिल्ली । लोकसभा चुनावमा भारतीय कांग्रेस पार्टी नराम्रोसँग पराजय भएपछि विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका प्रमुख लालु प्रसाद यादवको स्वास्थ्यमा गम्भीर समस्या आएको छ । लोकसभा निर्वाचनमा एकपटक फेरी मोदी लहर देखिएको छ ।

भारतीय सञ्चारमाध्यामले जनाए अनुसार निर्वाचनको परिणमपछि यादवले खान खान छोडेका छन् । यादव भ्रष्ट्रचारको मुद्धामा जेल जिवन विताइरहेका छन् । उनको चिकित्सकले स्वास्थ्य परिक्षण गरेका छन् । उनलाई राचीको रिम्स अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार नभएको जनाकारी दिएका छन् ।

लोकसभा चुनावमा यादवको पार्टी आरजेडीले एक सिट पनि जित्न सकेको छैन् । यसपटक यादवलाई ठुलो चोट परेको छ । कुनै समय यादव भारतीय राजनितिकको साख हुने गरेका थिए । मत परिणाम आएसँगै उनले आफुलाई समाल्न सकेका छैनन् । यादवको स्वास्थ्यमा सुधार नभए छिट्टै इमरजेन्सीमा भर्ना गरिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

प्रतिकृया दिनुहोस