विमान आधा घण्टा ढिला उडान भएपछि मन्त्री पदबाट राजिनामा

मेक्सिको । विमान आघा घण्टा ढिला उडान भएपछि मेक्सिकी बातावरणमन्त्रीले पदबाट राजिनामा दिएकी छन् ।  मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेज ब्लान्कोले आफ्नो कारणले विमानको उडान केही समय ढिलाइ भएपछि पदबाट राजीनामा दिएको बताएकी छिन् ।

उनले ट्विट गर्दै आफ्नो कारणले विमानको उडान रोक्नुपर्दा सर्वसाधारणलाई अप्ठेरो परेकोले राजीनामा दिएको जानकारी गराएकी हुन् । समाचारमा जनाएअनुसार उनको जनस्तरबाट तीव्र आलोचना भएको थियो । वातावरणमन्त्रीले राष्ट्रपति एन्ड्रीज मानुएल लोपेज आब्राडोर समक्ष शनिबार राजीनामा दिएकी हुन् ।

उनको कारणले गर्दा विमानको उडान आधा घण्टाभन्दा बढी ढिला भएको जनाइएको छ । मन्त्री सरकारी कामका लागि विमानबाट अन्यत्र जाने सिलसिलामा अरु व्यावसायिक जहाजको उडानमा ढिलाई भएपछि उनको चर्को आलोचना भएको हो ।

प्रतिकृया दिनुहोस