राहुल गान्धीले हारेको क्षेत्र अमेठमा भाजापाका नेताको गोली हानी हत्या

नयाँ दिल्ली । भारतीय लोक सभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीले हारेको क्षेत्र अमेठमा भारतीय जनता पार्टीका एक नेताको गोली हानी हत्या भएको छ । सो क्षेत्रबाट भाजपाकी नेतृ स्मृति इरानी विजयी भएकी थिइन् । इरानीले गान्धी परिवारको गढ अमेठीमा पहिलो पटक जितेकी हुन् ।

उनको जीतको दुई दिनपछि अमेठीमा भाजपाका एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार इरानीसँग निकट सम्बन्ध भएका भाजपा नेता सुरेन्द्र सिंहलाई शनिबार गोली हानिएको थियो । गोली लागेर घाइते भएका सिंहलाई उपचारका लागि लखनऊ लिए पनि उनी बाँच्न सकेनन् । सिंह अमेठीको बाराउलिया गाउँका पूर्वप्रमुख थिए ।

उनको हत्या पारिवारिक कारणले भएको हो कि  त्यसका पछि कुनै राजनीतिक कारण छ भन्नेबारेमा खुलिनसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्न केहीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

अमेठी त्यही क्षेत्र हो, जहाँबाट राहुल गान्धीका काका सन्जय गान्धी, बुवा राजीव गान्धी, आमा सोनिया गान्धीले चुनाव लड्दै आएका थिए । २००४ पछि राहुल त्यहाँबाट सांसद बनिरहेका छन् । अमेठीमा सन् १९७५ को संकटकाल लगाएपछि भएको १९७७ मा चुनावमा इन्दिरा गान्धी पनि पराजित भएकी थिइन् ।  

प्रतिकृया दिनुहोस