बेलायती प्रधानमन्त्री मेले दिइन् राजीनामा

काठमाडौं . बेलायतकी प्रधानमन्त्री टेरिजा मेले शुक्रवार पदबाट राजीनामा दिएकी छन् । ब्रेक्जिट सम्झौतामा सहमति जुटाउन नसकेपछि आफ्नै कन्जर्भेटिभ पार्टीको दबाब परेपछि मेले राजीनामा दिएकी हुन् । 

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा बोल्दै मेले बेलायतको प्रधानमन्त्रीका रूपमा सेवा गर्न पाउनु आफ्नो अहोभाग्य भएको बताइन् । सम्बोधनका क्रममा उनको गला अवरुद्ध भएको थियो । उनले कुनै पनि दुर्भावना नलिइकनै पदत्याग गरेको बताइन् । 


प्रतिकृया दिनुहोस