छिमेकीको १३ वर्षीय छोरालाई बाँधेर बलात्कार गर्न महिला पक्राउ

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा एक महिलाले छिमेकीको १३ वर्षका छोराको बलात्कारको प्रयास गरेकी  छन् । ३० वर्षीया ति महिलाले किशोरलाई आफ्नै घरमा लिएर बलात्कारको प्रयास गरेको उत्तर प्रदेश प्रहरीले जनाएको छ । ती महिला माथि १३ वर्षीय किशोरलाई बलात्कारको प्रयास गरेको आरोपमा लागेको छ । 

पक्राउ परेकी महिला माथि जबर्जस्ति करणी प्रयास सँगै कुटपिटको मुद्दा चलाइने बुझिएको छ । पिडित बालकको आमाले समयमानै उद्धार नगरेको भए महिलाले किशोरलाई  बलात्कार गरिसक्ने बताइएको छ । 

पिडित किशोरको गुप्तअङ्गमा चोट पुगेको बुझिएको छ । घर नजिकैको चौरमा खेलिरहेका बालक धेरै समय सम्म पनि घर नफर्किएपछि पिडित बालककी आमा आफ्नो छोराको खोजिमा जुटेकी थिइन् ।

खोजि गर्दै गर्दा आफ्नै छिमेकमा रहेकी एक महिलाले लिएर गएको पत्ता लागेको थियो । आरोपी महिलाको घरमा पिडित बालकलाई बन्दक बनाइराखेको अवस्थामा फेला परे पछि बलात्कार प्रयासको घटना बाहिरिएको थियो ।

घटना मंगलबारको भएको बुझिएको छ । पिडित बालकलाई आरोपी महिलाले पहिला फकाउन खोजेकी थिइन् । तर नमानेपछि बाँधेर बलात्कारको प्रयास गर्दै गर्दा बालकको उद्धार भएको थियो ।

उद्धार गरेसँगै पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेपछि बलात्कार प्रयास गर्ने महिला पक्राउ परेकी थिइन्। पक्राउ परेकी महिलाको अहिले स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...