भारतीय लोकसभा चुनावः बीजेपी एक्लैले बहुमत ल्याउने संकेत

नयाँ दिल्ली । भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो । 

गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

प्रारम्भिक मत गणना अनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । सुरुवाति गणनामा भाजपा नेतृत्वको गठबन्धनले आक्रामक अग्रता लिएको छ ।

भाजपा एक्लैले बहुमत ल्याउने संकेत देखिएको छ । अहिलेसम्म भाजपा गठबन्धले ३२२ सिटमा अग्रता लिएको छ । त्यसमध्ये २६० भन्दा बढी सिटमा भाजपा एक्लैले अग्रता लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...