अमेरिकी राजदूतको योजनाप्रति सरकारको चासो

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले सामाजिक सञ्जालका फलोअर्ससँग अन्तरक्रिया गर्ने भन्दै सुरु गर्ने घोषणा गरेको ‘राजदूतसँग गफगाफ’ सिरिजप्रति परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको छ ।


परराष्ट्र स्रोतका अनुसार राजदूतले तयारी गरेको सिरिज रोक्नका लागि निर्देशन दिइएको छ । तर यसबारे स्पष्ट रुपमा परराष्ट्र मन्त्रालयले बताएको छैन ।

परराष्ट्र मन्त्रालयले गफगाफ सिरिजबारे चासो व्यक्त गर्दै यसबारे जानकारी लिन मंगलबार अमेरिकी राजदूत बेरीलाई मन्त्रालयमा बोलाएको थियो । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले मंगलबार मन्त्रालयमा राजदूत बेरीसँग छलफल गरेका हुन् ।


सो भेटमा योजनामा रहेको सिरिजका बारेमा बैरागीले चासो व्यक्त गरेको उल्लेख गरिएको छ । तर परराष्ट्र मन्त्रालयले विस्तृत विवरण दिएको छैन । तर बैरागीले कुनै पनि कूटनीतिक अधिकारीले स्वेच्छाले यस्तो खालको संवाद गर्न नमिल्ने बताएका छन् । यसको अर्थ, राजदूत बेरीको योजनामा रहेको सिरिज रोक्ने पक्षमा सरकार रहेको छ ।


राजदूत बेरीले आफ्नो केही महिनाको नेपाल बसाईको क्रममा सबै फलोअर्ससँग भेटघाट गर्न नसक्ने सम्भावना नरहेको बुझेपछि ‘गफगाफ’ सिरिज सुरु गर्न लागेको उल्लेख गरेका छन् । राजदूत बेरीले आफू सामाजिक सञ्जालमा रहेका सबैसँग अन्तरक्रिया गर्नका लागि सिरिज रहेको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...