भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदै

काठमाडौं ।  भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि सुरु हुन लागेको हो । विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ ।

मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय निर्वाचन आयोगले मतगणनाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ । सात चरणमा सम्पन्न निर्वाचन गत अप्रिल ११ बाट सुरु भई यही मे १९ तारिखमा सकिएको थियो । चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन नै विजयी हुने मत सर्वेक्षणहरुले ठहर गरेका छन् ।


भाजपा  नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बहुमत स्थानमा जित हात पार्ने देखिएको हो । सर्वेक्षणहरुले एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् । लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ ।


भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए)ले करिब १ सय ४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ । यता,सर्वेक्षणहरूले देखाएका नतिजालाई विपक्षी नेताहरूले अस्वीकार गर्दै आएका छन् ५ वर्षअघिको चुनावमा भाजपाले एक्लै २ सय ७२ स्थानमा जित हात पारेको थियो । विपक्षी कांग्रेस ४४ सिटमा सिमित भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...