भारतमा एक चर्चित टिकटक सेलिब्रिटी जिम ट्रेनरको १३ पटक गोली हानी हत्या

नयाँ दिल्ली । दिल्लीको नजफगढ इलाकामामा टिकटमा सेलिब्रिटी बनेका एक युवकको हत्या भएको छ । अहिलेको चर्चितमोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको हो । 

 उनलाई मंगलबार बिहान सवा पाँच बजेको समयमा उनको हत्या भएको भारतीय प्रहरीले जनाएको छ । मृतकको नाम मोहित मोर बताइएको छ । उनी आफ्ना एक साथीलाई भेट्न एउटा पसलमा गएका थिए ।

एक पुलिस अधिकारीलाई उद्धृत गर्दै इन्डिया टुडेले भनेको छ, ‘मोहित जब आफ्ना साथीसँग कुरा गरिरहेका थिए तब तीन बन्दुकधारी पसलमा छिरेर १३ पटक गोली हाने । मोहित पसलकै एक सोफामा ढले । उनलाई नजिकैको अस्पताल पुर्याइयो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । उनलाई सातवटा गोली लागेको थियो ।’

पुलिसका अनुसार घटनामा संलग्न तीन हमलाकर्ताले कालो रङको हेलमेल लगाएका थिए । उनीहरु एउटा स्कुटीमा आएका थिए । सिसिटिभी फुटेजमा उनीहरु एउटा गल्लीबाट भागेको देखिएका छन् ।

एक पुलिस अधिकारीले भने, ‘हामी आरोपीलाई पहिचान गर्ने कोसिस गरिरहेका छौं । सुरुवाती अनुसन्धानमा यो आपसी द्वेष र पैसाको विवादको मुद्दा देखिन्छ ।’

मोहितको टिकटक र इन्स्टाग्राम अकाउन्टका साथै उनको कल डिटेल्सको पनि अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ । यसमार्फत्, सोसल मिडियामा उनको कसैसँग दुश्मनी त थिएन भनेर जान्ने कोसिस गरिँदै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...