अरुणाञ्चलमा चरमपन्थी आक्रमण, विधायकसहित ११ जनाको मृत्यु

काठमाडौं, जेठ । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको ज्यान गएको छ । आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपिपी) का विधायक तिरोंग अबोसहित ११ जनाको ज्यान गएको हो ।


तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् । घटनामा विधायक अबोका छोराको पनि ज्यान गएको बताइएको छ । तिरोंग अबो परिवारसहित सुरक्षा व्यवस्थाको साथमा असमबाट अरुणाञ्चल जाँदै थिए । त्यहि क्रममा खोनसा–देओमाली सडकमा पहिले देखिनै कुरेर बसेका बन्दुकधारीले आक्रमण गरेका हुन् ।


ज्यान गुमाउनेमा दुईजना सुरक्षाकर्मी पनि छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...