जुत्ता निर्माण कम्पनीहरुले अमेरिकी राष्ट्रपतिलाई दिए यस्तो सुझाव

वासिंटन । जुत्ता निर्माणको क्षेत्रका विश्वमै नाम कमाएका कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव दिएका छन् । नाइकी र एडिडाससहितका १७० कम्पनीले जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै समाधानको बाटो खोज्न राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका हुन् ।

कम्पनीका प्रतिनिधिहरुले हस्ताक्षर गरेको पत्रमा ट्रम्पले चिनियाँ सामानमाथिको आयात कर २५ प्रतिशतले बढाउने निर्णयको असर कामकाजी वर्गमा धेरै पर्ने उल्लेख गरिएको छ । उनीहरुले अहिलेको समय व्यापार युद्ध बन्द गर्ने बेला भएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्तामात्रै चिनियाँ सामानको आयातमा लाग्ने कर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए । चीनले पनि आगामी जुन १ देखि लागू हुने गरी अमेरिकी सामानमाथिको आयात कर बढाउने घोषणा गरिसकेको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...