ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न सांसदहरुलाई बेलायती प्रधानमन्त्रीको आग्रह

लन्डन । बेलायती प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न सांसदहरुलाई अपील गरेकी छन् । प्रधानमन्त्री मेले यो प्रस्ताव संसद्बाट पास गर्ने अन्तिम मौका भएको समेत बताइन् । उनले संसदले युरोपेली संघबाट अलग हुने विधेयकको समर्थन गरे ब्रेक्जिटका बारेमा दोस्रो पटक जनमत संग्रह गर्ने मौकासमेत मिल्ने बताइन् ।

उनले यो महत्वपूर्ण मुद्दामा सदनले सच्चा र इमान्दारीपूर्वक भावनाको काम गर्ने विश्वास व्यक्त गरिन् । प्रस्ताव पास भए सरकारलाई दोस्रो जनमत संग्रह गराउने मुद्दामा मतदान गराउन आधार मिल्ने उनको भनाइ थियो । तर, युरोपेली युनियनबाट अलग हुन सम्झौतालाई अनुमोदन गरे मात्र यो सम्भव हुने उनको भनाइ थियो ।

यसअघि प्रधानमन्त्री मेले पेश गरेको विधेयक तीन पटक संसद्ले अस्वीकार गरिसकेको छ । तर यसपटक ल्याएको विधेयकमा निकै फेरबदल भइसकेको दाबी उनले गरिन् । उनले यसमा १० बुँदा थप गरिएको बताइन् ।

मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कार्बिनले भने आफ्नो पार्टीले यो विधेयकको समर्थन गर्न नसक्ने बताएका छन् । उनले पहिलेकै विधेयककै फेरिएको रुपका रुपमा संसद्मा ल्याइएको बताए । तर, प्रधानमन्त्री मेले यो विधेयकमा श्रमिक अधिकार, पर्यावरण सुरक्षा र उत्तर आयरल्यान्डको सीमा जस्ता मामिलाको समाधान गरिएको बताइन् । प्रधानमन्त्री मे कै पार्टीका केही नेताले समेत यो विधेयकको समर्थन गरेका छैनन् । 

कन्जरभेटिभ पार्टीका सौसद जैकव रिस–मागले पहिले गरिएको प्रस्तावभन्दा यो विधेयकमा खराव प्रावधान राखिएको टिप्पणी गरे । प्रधानमन्त्री मेले आगामी जुनको पहिलो साता यो विधेयक संसदमा पेश गर्दैछिन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...