भारतको अरुणाचलमा विद्रोहीको आक्रमण, एक सांसदसहित ११ को मृत्यु

एजेन्सी ।  भारतको अरुणाचल प्रदेशमा विद्रोहीको आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु भएको छ। तिरप जिल्लामा मंगलबार भएको आक्रमणमा सांसद तिरंग अबो अबोहको मृत्यु भएको हो। उनी हालै एनपीपीबाट विधानसभाको निर्वाचनमा उठेका थिए।


नेसनल सोसलिस्ट काउन्सिल अप नागाल्यान्ड आतंककारी समूहलाई यस आक्रमणको दोषी मानिएको छ। प्रहरीका अनुसार बोगापानीमा मंगलबार विहान साढे ११ बजे आक्रमण भएको थियो।


घटनामा सांसद अबोका छोरको समेत मृत्यु भएको जनाइएको छ। सांसदका अंगरक्षक समेत मारिएका छन्। भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको दुई दिनपछि यस आक्रमण भएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...