उत्तर कोरियाली महिला चीनमा देह व्यापारमा संलग्न

लन्डन । उत्तर कोरियाका हजारौं महिला तथा युवती चीनमा देह व्यापारमा संलग्न गराइने गरेको एक अध्ययनले खुलासा गरेको छ । बेलायतको लन्डनस्थित ‘कोरिया फ्युचर इनिसिएटिभ’ले गरेको अध्ययनले उत्तर कोरियाका महिला तथा युवतीलाई चीनमा जबरजस्ती देहव्यापारमा लगाउनका लागि बिक्री गरिँदै आएको उल्लेख छ । प्रतिवेदनअनुसार चिनियाँ पुरुषले विवाह गरेर उत्तर कोरियाली युवतीलाई ल्याउने र जबरजस्ती देहव्यापारमा संलग्न गराउने गरिएको छ ।

प्रतिवेदनमा चीनमा आपराधिक समूह नै देहव्यापारमा संलग्न रहेको उल्लेख छ । यो संगठनले देह व्यापारमा युवतीहरुलाई संलग्न गराएर बर्सेनि १० करोड डलर बराबरको कारोबार गर्ने गरेको जनाइएको छ ।

चीनमा पुगेका उत्तर कोरियाली महिलाहरु पुनः स्वदेश फर्किएमा उनीहरु आफ्नै देशमा प्रताडित हुनुपर्ने अवस्था रहेकाले बाध्य भएर पनि यसमा संलग्न हुने गरेको बताइएको छ । अध्ययन प्रतिवेदनका लेखक योन ही–सोनले उत्तर कोरियाली युवतीलाई ३० चाइनिज युआनका लागि देह व्यापारमा संलग्न गराउने गरिएको बताएका छन् । एक हजार युआन पाए उनीहरुले ती युवतीलाई श्रीमती बनाएर बिक्रीसमेत गर्ने गरेको पाइएको उनको भनाइ छ ।

प्रतिवेदनअनुसार उत्तर कोरियाली महिलालाई उत्तरपूर्वी चीनका वेश्यालयमा राखिएको छ । जहाँ बढीजसो प्रवासी कामदार रहने गरेका छन् । यौन उत्पीडनको शिकार हुनेमा कतिपय ८÷९ वर्षका समेत छन् । यहाँका अधिकांश ग्राहक दक्षिण कोरियाका हुने गरेको प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...