एक्जिट पोलमा देखिएको बीजेपीको अग्रता विपक्षीद्धारा अस्वीकार

नयाँ दिल्ली ।  आम निर्वाचनमा चरणबद्ध मतदान सम्पन्न भएपछि, प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका नतिजालाई भारतका विपक्षी नेताहरूले अस्वीकार गरेका छन् ।

एक्जिट पोल भनिने त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणहरूले सत्ताधारी भारतीय जनता पार्टि आम निर्वाचनमा विजयी हुने बाटोमा देखिएको जनाएका छन् ।

पश्चिम बंगाल राज्यकी मूख्यमन्त्री तथा अल इण्डिया तृणमूल कंग्रेसकी नेतृ ममता ब्यानर्जीले एक्जिट पोलका नतिजालाई कोरा गफ भन्दै आफूले त्यसमा विश्वास नगर्ने भन्दै ट्वीट गरेकी छन् । उनले आफ्नो ट्वीटमा सबै विपक्षी पार्टिलाई एकताबद्ध हुन आह्वान पनि गरेकी छन् ।

आइतबार सार्वजनिक भएका चार विभिन्न एक्जिट पोलहरूले बीजेपी नेतृत्वको गठबन्धन, न्याशनल डिमोक्र्याटिक एलाएन्स (एनडिए) ले ठूलो परिमाणमा जित हासिल गर्ने अनुमान गरेका थिए । ति पोलहरूका अनुसार उक्त गठबन्धनले २८० देखि ३१५ सम्म सिट जित्नसक्ने सम्भावना छ ।

त्यो विपक्षी कंग्रेस पार्टिको भन्दा निकै नै धेरै हुने बताइएको छ । बीजेपीले त्यस्तो पूर्वानुमानको स्वागत गरेको छ र सो पार्टिका थुप्रै नेताहरूले सामाजिक सञ्जालमा आफ्ना कार्यकर्ताहरूको मेहनतलाई बधाइ दिएका छन् ।

यस्को महत्व किन छ ?

एक्जिट पोलका नतिजालाई सावधानीपूर्वक लिइनु पर्छ किनकी विगतमा ति गलत पनि सावित भएका छन् । यो तथ्यलाई केही विपक्षी नेताहरूले जोड दिएका छन् ।

विपक्षी कंग्रेस आइका एकजना चर्चित नेता तथा भूतपूर्व मन्त्री शशी थरुर भन्छन् एक्जिट पोलहरू सबै गलत छन् । गत सप्ताहान्तमा अष्ट्रेलियाको आम निर्वाचनको नतिजाका बारे ५६ वटा विभिन्न एक्जिट पोलहरू गलत भएको उनले ट्वीटमा उल्लेख गरेका छन् । शशी थरुरले वास्तविकत नतिजाका लागि आफूले २३ मेसम्म प्रतिक्षा गर्ने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...