इजिप्टमा पर्यटक सवार बसमा विस्फोट, १६ जना घाइते

कायरो  । इजिप्टमा पर्यटक चढेको बसलाई लक्षित गरी गराइएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । ग्रान्ड इजिप्टसियन संग्रहालय नजिकबाट अघि बढेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो । बिस्फोटका कारण बसमा क्षति भएको छ ।


बसमा दक्षिण अफ्रिकाका २५ र इजिप्टका ३ गरी २८ जना रहेको बताइएको छ । विस्फोटले घटनास्थल नजिक रहेको कारमा पनि क्षति पुगेको छ ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन ।


गत डिसेम्बरमा इस्लामिक अतिवादी संगठनले पर्यटकलाई लक्षित गरी गराएको विस्फोटमा तीन जना भियतनामका पर्यटक र एक टुरिष्ट गाइड मारिएका थिए 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...