भारतसँगको निर्भरता तोडियो, अब विगत जस्तो नाकाबन्दी कहिल्यै भोग्नु पर्दैनः मन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँगको परनिर्भरता तोडिएको बताएका छन् । आइतबार गुल्मी दरबार गाउँपालिका ७ र ३ राजा जोडने हरियाली सडकको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेपालले अब कहिल्यै पनि विगतमा जस्तो नाकाबन्दी भोग्नु नपर्ने बताएका हुन ।

उनले भने, अब नेपालले नाकाबन्दीको कल्पना पनि गर्न नपर्ने अवस्था ल्याइएको धारणा राखेका थिए । मन्त्री ज्ञवालीले भर्खरै मात्र चीनसँग पारवहन सम्झौता भएकाले अब भारतमा मात्रै भर पर्न नपर्ने अवस्था ल्याइएकाले अब नाकाबन्दी भोग्न नपर्ने बताए ।

उत्तरी नाका खुला भएकाले चीन हुँदै समुद्री माध्यमबाट तेस्रो मुलुकहरूसँग जोडिन सकिने भएकाले नाकाबन्दीको कल्पनासमेत गर्नु नपर्ने उनको दाबी थियो । मन्त्री ज्ञवालीले विकासको लागि जग बसिसकेकाले अब विकास निर्माणले तीव्रता पाउने बताए । 

प्रतिकृया दिनुहोस