बुद्ध जन्मिएको सम्झनामा तिलौराकोटमा ‘प्रसुति उत्सव’

कपिलवस्तु । सिद्धार्थ गौतम बुद्ध जन्मिएको सम्झनामा प्रसुती उत्सव गरिदै छ । आजभन्दा २५६३ वर्षअघिको बुद्ध जन्मिएको दिनको सम्झनामा लुम्बिनीदेखि तिलौराकोट सम्म प्रसुति उत्सव गर्न लागिएको हो । प्रसुति उत्सवका लागि कपिलवस्तुको तिलौराकोटबाट लुम्बिनी एक विशेष टोली पुगेकोछ ।

बुद्धपूर्णिमाको भोलिपल्टको यो उत्सव मनाउन तिलौराकोटबाट एक टोली लुम्बिनी आएर राजा शुद्धोधन र मायादेवीका सन्तानलाई तिलौराकोट दरबार लगेजसरी नै दरबार लग्नेछन् । तिलौराकोटबाट राजा शुद्धोधनको भेषमा सजिएका एक पुरुषसहितको एउटा टोली सुत्केरी मायादेवीलाई लिन उपहार लिएर रुपन्देहीको लुम्बिनी आउने छ ।

दुवै टोलीको भेट कोठी नदीमा हुने छ । त्यहाँबाट संयुक्त टोली हर्षबढाई गर्दै तिलौराकोट दरबार पुग्नेछ । आज साँझ तिलौराकोट दरबारमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा नाचगानसहित साँस्कृतिक कार्यक्रम गरि प्रसुति उत्सव समापन भएको छ । मुख्यमन्त्री सहित बेवी बुद्धलाई तिलौराकोट भित्त्राइने भएपछि तिलौराकोट झकिझकाउ पारिएको छ ।


प्रतिकृया दिनुहोस