बिभिन्न महशुलको बिल, अब आइएमइ पेबाटै तिर्न सकिने

प्यूठान । आफ्नो मुबाइलमा राखेको पैसा यदि नगदि रुपमा बुझ्न चाहेमा नजिकको आइएमइ डिस्टीभ्यूटरका गई पैसा नै लिन सकिने व्यवस्था रहेको ५ नं. प्रदेशका आइएमइ ग्रुपका तालिम प्रमुख माधव कटुवालले बताउनु भएको छ ।

शनिवार प्यूठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि रहनु भएका कटुवालले आइएमईले अब अन्तराष्ट्रिय प्लेन टिकप काट्ने व्यवस्था गर्ने तयारी गरी रहेको पनि जानकारी दिनु भयो । 

आइएमीको एजेन्ट भए पछि दिनमा करिव तिन लाख सम्म पैसा आफ्नै आइएमइ पे बाट पैसा पठाउन सकिने सेवा रहेको र आइएमइ पेबाट बिद्युत महशुल, टेलिफोन शुल्क, इन्टरनेट शुल्क, प्लेन टिकट, रिचार्ज सेवा लिन दिन सकिने बताउनु भयो । 

आफ्नो आइएमइ पेबाट दिनमा एक जनाले ६० हजारका दरले कम्तिमा ५ पटक सम्म पैसा आइएमइ गर्न सकिने आइएमईका बिजनेस बिकास प्रबद्धक महेन्द्र केसीले बताउनु भएको भयो ।

प्यूठान नगरपालिकामा रहेको होटल आयुष्मा प्रालिमा भएको आइएमइका ग्राहक, उद्योगी व्यवसायी, एजेन्ट संगको एक कार्यक्रममा आइएमइ एप्लीकेशन कसरी चलाउने, बित्तिय कारोबार कसरी गर्ने, आइएमइले दिएको डिजिटल लाइफ इन्सुरेन्स सेवा लगायतका बिषयमा छलफल भएको आइएमइका प्यूठान डिस्टिभ्यूटर तथा पराजुली मनिट्रान्सफरका संञ्चालक डिल्लिराज पराजुलीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस