कसले लगाए महिला प्रहरीमाथि पेट्रोल छर्केर आगो ?

चितवन । चितवनमा महिला प्रहरीमाथि पेट्रोल र्छर्केर आगो लगाइएको छ । ढाटका कारण सास्ती पाएको भन्दै ढाटको घुम्ती तोडफोडसहित आगजनी गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन् । आक्रमणकारी समूहले प्रदेश ३ मा पूर्व एमालेबाट निर्वाचित कम्युनिस्ट सांसद कृष्ण खनालले भनेको नमान्ने भन्दै प्रहरीमाथि गाली गरेका थिए ।

सांसद खनालकै आडमा भएको हुलदंगामा असई खड्का पीडित भइन् । शरीरमा आगो लागेपछि उनले घाँसमा लडेर आगो निभाएकी थिइन् ।

‘मैले त्यसै छाडेको भए ठूलै अनर्थ हुन्थ्यो । आगो लागेपछि मरे भन्ने लागेको थियो,’ आँखाबाट आसु झार्दै खड्काले भनिन्, ‘१५ मिनेटसम्म भीडलाई रोक्न लागे तर प्रहरीको संख्या कम भएकाले सकिनँ ।’ 

घुम्तीमा पेट्रोल छर्कंदा उनको शरीरमा परेको थियो । घुम्तीमा रोक्न खोज्दा खड्काको शरीरमा पेट्रोल परेको थियो । प्रहरीसँग आक्रोसित त्यो समूहले घुम्तीमा आगो लगाउँदा खड्काको शरीरमा आगो लागेको हो । यो घटना शुक्रबार बिहान साढे १० बजे भएको हो ।

‘सांसद ठूलो कि प्रहरी ठूलो भन्दै सांसदले भनेको नमान्ने भन्दै मैमाथि भिड खनियो,’ खड्काले भनिन् । भीडमा सांसद खनाल पनि उपस्थित थिए । खनालले आक्रमण गर्नेको पक्षमा लागेर प्रहरीलाई धम्काएका थिए ।


प्रतिकृया दिनुहोस