मेलामा युवती जिस्काएको निहुँमा युवकलाई छुरा हानि हत्या

धनकुटा । धनकुटा मारेकटाहारेमा एक युवकको छुरा हानी हत्या भएको छ । महालक्ष्मी नगरपालिका–३ का २२ बर्षिया सन्तोष लिम्बूको हत्या भएको हो ।

महालक्ष्मी नगरपालिका– ३ कै २५ वर्षीय घनेन्द्र लिम्बुले गाउँको साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा आफ्नो बैनी जिस्काएको निहुमा उनको हत्या गरेका हुन् । आज बिहान करिव ५ बजे भएको उक्त घटनामा लिम्बूको घटना स्थलमा नै मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।

छुरा प्रहार गर्ने लिम्बूलाईू प्रहरी नियन्त्रणमा लिईएको र घटनामा संलग्न फरार रहेका जीवन लिम्बूको खोजीकार्य रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका ईन्सपेक्टर सुरज खड्काले जानकारी दिए । मृतकको पोष्टमार्टमका लागि धनकुटा अस्पतालमा ल्याईएको छ ।

प्रतिकृया दिनुहोस