ड्युटीमा रहेका कैलालीका सैनिक जवानको मृत्यु

पर्सा । कैलालीको सुखडमा घरभएका सैनिक जवान देवीराम जैशीको ड्युटी रहेका बेला मृत्यु भएको छ ।  नेपाली सेनाको तारादल गणमा कार्यरत नेपाली सेनाका देवीराम जैशीको मृत्यु भएको हो ।

ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुने पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत २८ वर्षीय जैसी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनी ड्यूटीमा रहेका बेला शनिबार राति करिब २ बजे बेहोस भएका थिए । उनको उपचारको क्रममा वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए ।

उनको शव वीरगन्जको नारायणी अस्पतालको राखिएको छ । मृतकका आफन्त अहिले वीरगन्ज पुगेपछ पोष्टमार्टम हुने प्रहरीले जनाएको छ । 


प्रतिकृया दिनुहोस