भारतमा लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरणको मतदान हुँदै

काठमाडौ । लोकसभा चुनाव अन्र्तगत भारतमा आज अन्तिम चरणको मतदान हुँदैछ । अन्तिम चरणको चुनाव अन्र्तगत आज ८ राज्यको ५९ सिटमा मतदान हुँदैछ । ५९ सिटका लागि ९ सय ९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

मतदानमा भारतका ८ राज्यका झन्डै १० करोड जनताले सहभागिता जनाउने भारतीय चुनाव आयोगले जनाएको छ । सातौं तथा अन्तिम चरणको मतदान अन्र्तगत पश्चिम बंगालको ९, हिमाचल प्रदेशको ४, बिहार र मध्य प्रदेशको ८ / ८, पञ्जाव र उत्तर प्रदेशको १३÷१३, झारखण्डमा र चण्डीगढमा १ सिटका लागि बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।

अन्तिम चरणको मतदानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका शिर्ष नेता, कांग्रेसका शिर्ष नेताहरुको भाग्यको फैसला हुनेछ । चुनावको सुरक्षालाई ध्यानमा राख्दै सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...