भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केदारनाथको गुफामा ध्यान बस्दै

नयाँ दिल्ली । हिन्दुत्वको अभियान सहित राजनीतिमा सक्रिय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  प्रचारप्रसारबाट टाढा भए पनि मिडियालाई आफू केन्द्रित पार्न केदारनाथ पुगेका हुन् । भारतीय मिडियाले बिहानैदेखि केदारनाथमा मोदीका गतिविधिलाई प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।

अघिल्लो पटकको चुनावमा हिन्दु भोट बैंकलाई प्रभावित पार्न उनले राम मन्दिर बनाउने विषय चुनावी नारा बनाएका थिए । मन्दिर बनाउने विषयमा कुनै प्रगति नभए पनि उनले हिन्दुको मत कब्जा गर्ने रणनीति जारी राखेका छन् । 

केदारनाथको दर्शन र त्यहाँको गुफामा ध्यान बस्दै छन् । उनी आज त्यहाँ पुगेर ध्यानमा बसिरहेका छन् । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर नदिएपछि मोदीको आलोचना भएको थियो ।

प्रधानमन्त्री भएयता मोदी हाल सम्म कुनै पत्रकार सम्मेलनमा सहभागी भएका थिएनन् । शुक्रवार भने पहिलोपटक पत्रकार सम्मेलनमा सहभागी भएता पनि मोदीले सबै उत्तर भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले दिनेछन् भनेर पन्छिएका थिए । सामाजिक  संजालमा मोदी चुनावी आलोचनाबाट छुटकारा पाउन ध्यानमा बसेको भनेर टिप्पणी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...