हुथी विद्रोही र सेनाबीच गोली हानाहानमा १२ जनाको मृत्यु

यमन । विद्रोही र सरकारी सेनाबीच गोली हानाहान हुँदा १२ जनाको मृत्यु भएको छ । यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् ।

हुथी विद्रोहीहरु निरन्तर अघि बढेपछि सरकारी सेनासँग भिडन्त भएको हो । नाम बताउने एक सैनिक अधिकारीका अनुसार विद्रोही र सेनाबीच घण्टौंसम्म गोली हानाहान भएको थियो ।

अल–ढालिया प्रान्तको क्वाताबा जिल्लालाई नियन्त्रणमा लिन विद्रोही हुथी लडाकूहरु अघि बढेको बताइएको छ । सरकारी सेनाको मद्दतका लागि साउदी–गठबन्धनका सेनाबाट हुथी विरुद्ध हवाई कारबाही पनि गरिएको थियो ।

हुथी विद्रोहीहरुले आफ्ना लडाकाको ज्यान गएपछि तोपबाट गोलाबारी गरेका थिए । सरकारी फौजले पनि विद्रोहीमाथि कारबाही गर्न भारी मेसिनगन क्वाताबा जिल्लामा परिचालन गरेको थियो ।

गत मङ्गलबार अमेरिकी विशेषदूत मार्टिन ग्रिफिथले ढालियामा जारी द्वन्द्वबाट आफू निकै चिन्तित भएको बताउँदै दुबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको छ ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । हुथी विद्रोहीले अन्तर्राष्ट्रिय रुपमै मान्यताप्राप्त राष्ट्रपति अब्द–रब्बु मन्सुर हाडीको सरकार अपदस्थ गरी निर्वासित हुन बाध्य पारेलगत्तै गृहयुद्ध चर्किएको हो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...