भाजपाले दुईतिहाइको सरकार बनाउने प्रधानमन्त्री मोदीको दाबी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीले भारतीय जनता पाटी (भाजपा) एक्लैले ३०० सीट जितेर दुईतिहाइको सरकार बनाउने दाबी गरेका छन् । भारतमा लोकसभा निर्वाचनको ६ चरणको मतदान सम्पन्न भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले सो अभिव्यक्ति दिएका हुन् ।

भाजपाका अध्यक्ष अमित शाहले पनि दुईतिहाइको बुहमतका साथ आगामि सरकार बनाउने बताएका छन् । शाहले भने, भाजपा एक्लैले बहुमतको आँकडा छुने शाहले दाबी गरे ।

‘पाँचौं र छैठौं चरणको मतदानपछि भाजपाले बहुमत ल्याउने अनि सातौं चरणपछि ३०० सीट कटाउनेछ’। विपक्षी दलहरूको गठबन्धनले भाजपाको सीट संख्या नघटाउने शाहको दाबी थियो ।

मोदी पनि शाहजत्तिकै आत्मविश्वासी देखिए । उनले पश्चिम बंगालमा आयोजित एक चुनावी सभामा भने, ‘भाजपाले बंगालको ४२ लोकसभा सीटमा बहुमत ल्याउँछ र लोकसभामा ३०० सीटभन्दा बढी जित्छ ।’

मोदीले आफ्नो दल सत्तामा फर्किने आत्मविश्वास प्रकट गर्ने गरेको भए पनि पहिलोपटक भाजपाले ३०० सीट कटाउने दाबी गरेका हुन् । सन् २०१४ को चुनावमा पार्टीले २८२ सीट ल्याएको थियो । सातौं तथा अन्तिम चरणको चुनाव आइतवार हुँदैछ । पूर्ण बहुमतका लागि कुनै पनि दलले २७२ सीट जित्नुपर्ने हुन्छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...