श्रीमतीसँग आपत्तिजनक अवस्थामा भेटेपछि युवाले पाँचौँ तलबाट हाम फाले

नयाँ दिल्ली । श्रीमतीसँग आपत्तिजनक अवस्थामा भेटेपछि एक पुरुषले भवनको पाँचौँ तलबाट हाम फालेका छन् ।  दक्षिणी दिल्लीको टिगरी इलाकाको एक भवनको पाँचौं तल्लाबाट हाम फालेका कारण एक व्यक्तिको मृत्यु भएको हो ।

पुलिसले पाएको जानकारी अनुसार ती व्यक्तिको त्यही भवनमा बस्ने महिलासँग अनैतिक सम्बन्ध थियो । महिलाका श्रीमानले ती दुईलाई आपत्तिजनक अवस्थामा भेटेका थिए । मामला बढेसँगै उनी भवनको पाँचौं तल्लाबाट हाम फाले जसका कारण उनको मृत्यु भयो ।

पुलिसका अनुसार जेजे कोलोनी निवासी पंकजको एक महिलासँग अवैध सम्बन्ध थियो । घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए। तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आपत्तिजनक अवस्थामा भेटे ।

पुलिसका अनुसार घरको ढोका भित्रबाट बन्द थिएन त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोसिस गरिन् ।

नसा काट्ने कोसिस गरिरहेकी महिलालाई दुई पुरुषले रोके । यसैबीच श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान्–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले ।

तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । जानकारीका अनुसार पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यति बेलादेखि नै उनको घर आउ–जाउ गर्दथे । पुलिसले तीनैजनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...