श्रीलङ्कामा विभिन्न हिंसात्मक घटनामा संलग्न ७८ जना गिरफ्तार

काेलम्बाे श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा ७८ जनालाई गिरफ्तार गरिएको छ।

प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारीअनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो। 


उनले पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले झडप वा हिंसाका बेलाका भिडियोहरू पनि हेरेर छानबिन गरिरहेको उनले बताए।


प्रहरीले पक्राउ परेका सबै जना दोषी भएको पुष्टि हुनसक्ने जनाएको छ। उनले घटना अझै बल्झिने सम्भावनालाई मध्यनजर गर्दै कतिपय ठाउँमा कर्फ्यु लगाइएको पनि जानकारी दिए। ती घटनाहरूमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारमा जनाइएको छ।


श्रीलङ्कामा पछिल्लो समय विभिन्न ठाउँमा जातीय हिंसात्मक घटनाहरू भइरहेको छ भने आम नागरिक त्रसित भएका छन्। रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...