ट्रम्पले घोषणा गरे राष्ट्रिय आपतकाल, विदेशी वैरीबाट सुरक्षित जोगिने उद्देश्य

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरेका छन् । अमेरिकाको कम्प्युटर नेटवर्कलाई ‘विदेशी वैरी’ बाट सुरक्षित राख्न भन्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनीले विदेशी टेलिकमको सेवा प्रयोग गर्न नपाउने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका हुन् । अमेरिकी कम्पनीले विदेशी टेलिकमबाट सेवा लिँदा त्यसले देशको सुरक्षामा जोखिम निम्त्याउने ट्रम्पको भनाई छ ।

हस्ताक्षार गरेको निर्देशनमा राष्ट्रपति ट्रम्पले किटान गरेर कुनै पनि कम्पनीको नाम भने लेखेका छैनन् । तर विशेषज्ञले भने ट्रम्पको संकेत चीनको टेलिकम्युनिकेशन जाइन्ट हुवाई तर्फ रहेको बताउँछन् ।

अमेरिकासहितका देशले हुवाईका उत्पादनहरु चीनले अवैध निगरानीका लागि प्रयोग गरेको हुन सक्ने भन्दै आशंका जताएका छन् । तर हुवाईले भने आफ्ना उत्पादन तथा कामहरुले कुनै पनि चुनौती पैदा नगर्ने बताएको छ ।

ट्रम्पले हस्ताक्षर गरेको निर्देशनमा भनिएको छ, ‘अमेरिकालाई विदेशी वैरीबाट सुरक्षित गर्नुपर्छ किनकी उनीहरु सक्रिय तथा बिस्तारित रुपमा सूचना तथा सञ्चार प्रविधिमा असुरक्षा पैदा गर्न लागि परेका छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...