भारतीय प्रधानमन्त्री मोदीका भाई प्रल्हादले किन दिए प्रहरी स्टेशनमा धर्ना ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीका भाई प्रल्हाद मोदी एउटा प्रहरी स्टेशन अगाडी धर्ना बसेका छन् । समाचारामा जनाए अनुसार  प्रधानमन्त्री मोदीका भाइ प्रल्हाद मोदी मंगलबार जयपुरमा एउटा प्रहरी स्टेशनको अगाडि धर्नामा बसेका हुन । एक प्रहरी अधिकारीले बताएअनुसार उनी आफ्नो साथमा बसिरहेका सुरक्षाकर्मीको लागि छुट्टै गाडीको माग गरिरहेका थिए ।

प्रहरीका अनुसार उनी जयपुर–अजमेर राष्ट्रिय राजमार्गमा बागरु प्रहरी स्टेसनको सामुन्नेमा एक घण्टासम्म धर्नामा बसेका थिए । जयपुर प्रहरीका कमिसनर आनन्द श्रीवास्तवले समाचार एजेन्सी पीटीआइलाई बताएअनुसार उनको साथमा जानका लागि बागरु प्रहरी स्टेशनका दुई जना सुरक्षाकर्मी पनि तैनाथ गरिए  । त्यसपछि प्रल्हाद राजी भए । नियम अनुसार नै दुई सुरक्षाकर्मीलाई उनको साथ पठाइएको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...