भारतले तेल खरीद गर्न छाडेपछि इरानी विदेशमन्त्री जाभेद दिल्लीमा

नयाँ दिल्ली । भारतले इरानको तेल किन्न छाडेपछि  इरानका विदेश मन्त्री जाभेद जारिफ भारत भ्रमणमा आएका छन् । उनी सोमवार राति नयाँ दिल्ली आइपुगेका हुन् ।

मंगलवारै उनले आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता पनि गरेका थिए । वार्तामा दुई पक्षबीच इरानी तेल आयातमा लगाएको प्रतिबन्धका साथै द्विपक्षीय सम्बन्धबारे छलफल भएको जाभेदले बताएका छन् । उनको यसै वर्ष भएको यो दोस्रो भारत भ्रमण हो । यसअघि उनले जनवरी ७ देखि ९ बीच भारत भ्रमण गरेका थिए ।

अमेरिकाले इरानी तेल खरीदमा भारत लगायत ८ मुलुकहरुलाई दिँदै आएको छूट नवीकरण नगरेपछि नयाँ दिल्लीले इरानसँग तेल खरीद बन्द गरेको छ । भारत चीनपछि इरानको दोस्रो ठूलो तेल क्रेता हो । वार्तामा दुई पक्षबीच रुपयामा तेल खरीद गर्ने विषयमा छलफल हुने अनुमान गरिएको थियो ।

यद्यपि, यसबारे दुबै पक्षले केही पनि बताएका छैनन् । अमेरिकी प्रतिबन्धका कारण इरानको तेल निर्यात दैनिक १० लाख ब्यारेल भन्दा तल आएको छ । मे महीनामा निर्यात दैनिक ५ लाख ब्यारेलमा आउने अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...