अमेरिकाले जहाज चोरेको उत्तर कोरियाको आरोप

काठमाडौँ । उत्तर कोरियाले आफ्नो जहाज अमेरिकाले चोरेको बताएको छ ।  अमेरिकाले अवैधानिक किसिमले आफ्नो पानीजहाज चोरेको आरोप लगाउँदै उत्तर कोरियाले तत्काल फिर्ता गर्न माग गरेको छ ।

गत हप्ता अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने पानीजहाज प्रयोग गरेर प्योङ्याङले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लङ्घन गरेको दाबी गरेको थियो ।

वाइज अनेस्ट नामक सो पानीजहाज इन्डोनेशियाको पानीबाट कब्जामा लिइएको बताइएको छ । उत्तर कोरियाले यो कदम सन् २०१८ मा डोनल्ड ट्रम्प र किम जङ(अनबीच भएको सहमतिको मर्मविपरीत भएको जनाएको छ।

उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकाले आफ्नो देशलाई ूअधिकतम दबावू दिएर आत्मसमर्पण गराउने प्रयास गरेको आरोप लगाएको छ । बल प्रयोग गरेर उत्तर कोरियलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने अमेरिकाले ठानेको भए त्यो ूठूलो गल्तीू हुने उत्तर कोरियाली विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै अमेरिकाले उत्तर कोरियाको जहाज कब्जामा लिएको यो पहिलो घटना हो । दुई देशका नेताहरूले वार्ता गरेका भए पनि अमेरिका र उत्तर कोरियाबीच सम्बन्धमा सुधार हुन सकेको छैन ।

उत्तर कोरियाका नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच गत फेब्रुअरी महिनामा भियतनाममा भेट भएको थियो । तर उत्तर कोरियाले उसको परमाणु योजना परित्याग गर्नुपर्ने कुरामा अमेरिकी जोड र अमेरिकाले आफूविरुद्ध लगाएको प्रतिबन्ध खुकुलो पार्न उत्तर कोरियाले माग राखेपछि वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो ।

उत्तर कोरियाले गत केही हप्तामा दुई पटक अस्त्र परीक्षण गरेको छ । त्यसलाई धेरैले अमेरिकालाई दबाव सिर्जना गर्न गरिएको कदम मानेका छन् । तर अमेरिकीले पानीजहाज कब्जामा लिने कदमको अस्त्र परीक्षणसँग कुनै सम्बन्ध बताएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...